काठमाडौँ उपत्यकामा थपिए ५४१ कोरोना संक्रमित

काठमाडौँ, साउन १। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३४३, ललितपुरमा १३६ र भक्तपुरमा ६२ जना कोरोना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्