नेपालले एसियन महिला भलिबल च्याम्पियनसिप नखेल्ने

काठमाडौं , साउन १ । नेपालले आगामी अगष्ट सेप्टेम्बरमा फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप नखेल्ने भएको छ । एसियन भलिबल कन्फेडेरेसन ९एभीसी०ले शुक्रबार च्याम्पियनसिपका लागि ड्र सार्वजनिक गर्दा नेपाल समावेश छैन ।

यसअघि नेपालसहित १२ टिमले च्याम्पियनसिप खेल्ने भनिएको थियो । तर एभीसीले सार्वजनिक गरेको टिम पुल अनुसार ८ टिम मात्र छन् ।

च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाइनिज ताइपेई, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले मात्र सहभागिता जनाउनेछन् । यसअघि खेल्ने भनिएकामध्ये नेपाल, भारत, जापान र हङकङले भने नखेल्ने भएका छन् ।

एसियन च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्