विकृत राजनीतिको मतियार हुनुभन्दा अलग हुनु ठीक लागेर राजीनामा दिएँ : भिम रावल

काठमाडौं, साउन ३ । एमाले नेता भीम रावलले सांसद पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

संसद भवन बानेश्वरमा पुगेर सञ्चारकर्मी समक्ष उनले राजीनामा पत्र पढेर सुनाएका थिए ।नेपालको राजनीतिक नेतृत्वले नेपाल र नेपालीको शिर निहुराउने काम गरेको रावलले आरोप लगाएका छन् ।

राजनीतिक तहमा देखिएको विवाद समाधान गर्न प्रशस्त मेहनत गरेको भए पनि आफू त्यसमा सफल हुन नसकेको उनले बताए । ‘उच्च राजनीतिक तहमा देखिएको अहम्, प्रतिशोधले दिक्दार भएको छु । विकृत राजनीतिको मतियार हुनुभन्दा अलग हुनु ठीक लागेर राजीनामा दिएँ,’ रावलले पत्रकारहरूसँग भने ।

यसैबीच सभामुखलाई राजीनामा बुझाएर नेता रावल बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि संसद सदस्यबाट राजीनामा दिने घोषणा गरेका नेकपा ९एमाले० का उपाध्यक्ष भीम रावलले राजीनामा बुझाएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा पुगेर उनले सभामुख अग्निप्रसाद सापकोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् । राजीनामा नदिन एमालेकै नेता सुरेन्द्र पाण्डेले रोक्ने प्रयास गरेका थिए । तर, उनले पाण्डेको आग्रहलाई पनि मानेनन् ।

 

प्रतिक्रिया दिनुहोस्