सरकारको प्राथमिकता सबै नागरिकलाई कोरोनाविरूद्धको खोप हो : प्रधानमन्त्री देउवा

काठमाडौँ, साउन ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथमिकता सबै नागरिकलाई कोरोनाविरूद्धको खोप भएको बताएका छन् ।

सोमबार काठमाडौँका खोप केन्द्रको स्थलगत निरीक्षणमा निस्किएका प्रधानमन्त्री देउवाले सरकारको प्राथमिकता सबै नागरिकलाई खोप भएको बताएका हुन् ।

काठमाडौं उपत्यकाभित्रको नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रमा देउवाले अमेरिकाले दिएको कोरोनाविरूद्धको ‘जोन्सन एण्ड जोन्सन’को खोप अभियान शुभारम्भ पनि गरेका छन् । सो क्रममा उनले खोप सहज रूपमा लगाउने प्रवन्ध मिलाउन पनि निर्देशन पनि दिएका छन् ।

‘मेरो सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप हो । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको खोप केन्द्रको स्थलगत अनुगमन गरेको छु । खोप सहज रुपमा लगाउने प्रवन्ध गर्न निर्देशन पनि गरेको छु,’ प्रधानमन्त्री देउवाले ट्वीट गर्दै भनेका छन् ।

देउवाले आजै त्रिभुवन विश्‍वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेललगायतका केन्द्रहरुको निरीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो मात्रै देउवाले विश्वासको मत पाएको पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्