अजोड इन्स्योरेन्स र सिभिल क्यापिटल मार्केटबीच सम्झौता

काठमाडौँ, साउन ४ । अजोड इन्स्योरेन्स लिमिटेड र सिभिल क्यापिटल मार्केट लिमिटेडबीच सेयर रजिष्ट्रार सेवाको लागि सम्झौता भएको छ।

आइतवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्झौता भएको कम्पनीले जनाएको छ।

अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले सहमतिपत्रमा हस्ताक्षर गरे।

प्रतिक्रिया दिनुहोस्