यो सिजनमा पनि रोनाल्डो युभेन्ट्समै बस्ने

काठमाडौं,  साउन ४ । पोर्चुगिज स्टार फुटवलर क्रिस्टियानो रोनाल्डो यो सिजन पनि युभेन्ट्समा बस्ने भएका छन् । युभेन्ट्सका नयाँ प्रशिक्षक मासिमियानो एल्गिरीले रोनाल्डो युभेन्ट्समा नै रहने बताएका छन् ।

उनले रोनाल्डो अब युभेन्ट्मै रहने र युभेन्ट्सको यो सिजन टिम उत्कृष्ट बन्ने बताए । ‘दी ग्राडेन’सँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

यतिबेला युरोकप विजेता रोनाल्डो प्रिमियर क्लबतिर जाने चर्चा चलेको थियो । यसै समयमा क्लबका प्रशिक्षकले रोनाल्डो युभेन्ट्समा नै बस्ने बताएका हुन् ।

“रोनाल्डो युभेन्ट्समा नै रहन्छन् । हाम्रो टिम झनै उत्कृष्ट बन्ने छ । उनीसँगै केही नयाँ खेलाडीले पनि टिममा स्थान पाउनेछन्,” प्रशिक्षक एल्गिरीले भने ।

यो सिजन युरोकपको अन्तिम १६ बाट पोर्चुगल बाहिरिदा रोनाल्डोको केही आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्