करिब १४ अंकले बढ्यो सेयर बजार, कारोबार रकम कति ?

काठमाडौ , साउन ४ । साताको दोस्रो कारोवार दिन आज सोमबार नेप्से दोहोरो अंकले बढेको छ ।

नेप्से आज १३ दसमलव ९७ अंकले बढेर दुई हजार नौ सय ९४ दसमालव ५८ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव शुन्य दुई अंकले घटेर पाँच सय ६० दसमलव ९४ बिन्दुमा झरेको छ ।

दुई सय १९ वटा कम्पनीहरुको १० लाख सात हजार सात सय ९७ पटकको कारोवारमा तीन करोड ७५ लाख ७१ हजार तीन सय ५४ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार छ सय सात रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा आठ वटा समुहले कमाएकाछन भने पाँच वटा समुहले गुमाएकाछन । सो मध्ये बाँणिज्य बैक समुहको सुचक १० दसमलव ८४ अंकले बढेर दुई हजार ६८ दसमलव २२ बिन्दुमा चढेकोमा निर्जिवन बीमा समुहको सुचक पनि एक सय एक दसमलव ४४ अंकले बढेर १४ हजार पाँच सय ५८ दसमलव ७७ बिन्दुमा चढेको छ ।

यि बाहेक ट्रेडिङ, जीवन बीमा, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेका छन । बिकास बैंक समुहको सुचक भने १८ दसमलव तीन अंकले घटेर चार हजार आठ सय २९ दसमलव १७ बिन्दुमा झरेकोमा जलबिद्युत, फाईनान्स, होटल तथा पर्यटन र लघुबित्त समुहहरुको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर पाँच सय १४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नेपाल इन्भेष्टमेन्ट बैंक ऋणपत्रको प्रतियुनिक सेयर मुल्य पाँच दसमलव ८७ प्रतिसतले घटेर एक हजार ४९ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको एनआईसी एशिया बैंकको प्रतिकित्ता एक हजार ४४ रुपैयाँ अन्तिम मुल्यमा ३५ करोड ४१ लाख ६६ हजार ४४ रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्