ईश्वर पोरखेल भन्छन् – देउवालाई विश्वासको मत दिएर नेताहरूले अक्षम्य अपराध गरे

काठमाडौं , साउन ४ । नेकपा (एमाले)(का महासचिव ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पार्टीका केही नेताहरूले अक्षम्य अपराध गरेको टिप्पणी गरेका छन् ।

आइतबार पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ जना एमाले सांसदहरूले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए । उनीहरूको सो कदम पार्टीको राजनीतिक तथा सांगठानिक जीवनमा अक्षम्य अपराधको घटना भएको महासचिव पोखरेलले बताए ।

सोमबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको १० औं केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । पार्टीको निर्णय विपरित विपक्ष दलका नेतालाई विश्वासको मत दिने अप्रिय घटना पार्टीका केही नेताहरुले घटाएको उल्लेख गर्दै उनले आपत्ति जनाए ।

महासचिव पोखरेलले पार्टीको जीवनमा चुनौति देखिएको समेत उल्लेख गरे । त्यसलाई समाधान गर्दै अघि बढनुपर्ने उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्