इ–सेवा मनि ट्रान्सफर र कुवेत इन्डिया एक्सचेञ्जबीच सम्झौता

काठमाडौँ, साउन ४ । डिजिटल रेमिट्यान्स कम्पनी इ–सेवा मनि ट्रान्सफर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स कारोबार गर्दै आएको कुवेत इन्डिया इन्टरनेशनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।

यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउन अझ सहज भएको छ।कुवेतमा रहेका नेपालीहरूले कुवेत इन्डिया इन्टरनेशनलमार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इ–सेवा वालेटमा कम लागतमा रकम पठाउन सक्ने कम्पनीले जनाएको छ।

साथै कुवेतमा रहेका कुवेत इन्डिया इन्टरनेशनलका ८ वटा शाखा तथा मोबाइल भ्यानमार्फत पनि नगद रेमिट्यान्स् पठाउन सकिने जनाइएको छ।

मोबाइल भ्यान रकम पठाउने व्यक्तिको घर घरमा पुग्नेछ। उक्त रकम नेपालमा रहेका इ–सेवा मनि ट्रान्सफरका ८ हजारभन्दा धेरै एजेन्ट नेटवर्कमार्फत प्राप्त गर्न सकिन्छ भने सिधै इ–सेवा खातामा लोड गर्न पनि सकिन्छ।

कुवेत इन्डिया इन्टरनेशनल एक्स्चेञ्ज १९७९ मा स्थापित कुवेतको केन्द्रीय बैंकबाट अनुमति प्राप्त रेमिट्यान्स कम्पनी हो।यसले स्मार्ट वित्तीय सेवाका साथ रेमिट्यान्स्, मुद्रा विनियम जस्ता सेवाहरू दिँदै आएको छ।

वर्षौँदेखिको उत्कृष्ट सेवाका कारण कम्पनी कुवेतको एक अग्रणी वित्तीय सेवा प्रदायकका रूपमा अगाडि बढेको छ।इ–सेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलीको माध्यमबाट इ–सेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ्।

इ–सेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई ८ हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इ–सेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

प्रतिक्रिया दिनुहोस्