नायक पुष्प खड्काले किने ७० लाखको कार, भन्छन्- सपना पुरा हुँदैछ

काठमाडौं , साउन ४ । कैलाली जन्मथलो भएका नायक पुष्प खड्काले नयाँ कार किनेका छन् । खड्काले सोमबार ७० लाखमा क्रेटाको गाडी खरिद गरेका हुन् ।

मनोरञ्जन क्षेत्रका सेलेव्रिटीका लागि कार प्रतिष्ठाको सूचक पनि हो । आम्दानीमा वृद्धि हुन थालेपछि बढेको लिभिङ स्ट्यान्डर्ड सँगै कलाकार महंगा सवारी साधनप्रति आकर्षित हुन थालेका छन् ।

सेतो रंगको कार खरिद गरेपछि पुष्प खड्काले भने–‘मैले यो क्षेत्रमा आउनु अगाडि केही सपनाहरु देखेको थिएँ । ती, सपनाहरु विस्तारै पुरा हुँदैछन् ।

काठमाडौंमा लामो समय बाइक चढेका पुष्प अब भने कारमा चढ्ने भएका हु्न । उनले भने –‘नेपाली मनोरञ्जन दुनियाँमा लागेर पनि आफूले सोचेका कुराहरु पुरा गर्न सकिन्छ । यसका लागि मिहिनेत र आफूमा विश्वास भने हुनुपर्छ ।’ ‘ क्रेटाको उक्त मूल्यको कार किनेपछि पुष्पले आफ्नो सपना पुरा भएको बताएका छन् ।

पुष्पले मिहेनतले कार किनेको भन्दै खुशि बाँडेका छन् । उनले यसका लागि दर्शक र निर्मातालाई धन्यवाद समेत दिएका छन् ।कोरोना कहरले फिल्मको काम ठप्प भएपछि पुष्पका लागि म्युजिक भिडिओ आम्दानीको प्लेटफर्म बनेको छ ।

नेपाली चलचित्र क्षेत्रमा नायक पुष्प खड्काको व्यस्तता दिनप्रतिदिन बढिरहेको छ । कोरोनाको कारण केही महिनादेखि चलचित्रको काम ठप्प भएपनि पुष्प म्यूजिक भिडियोमा व्यस्त छन् । पुष्पले चलचित्र क्षेत्रमा काम गरेरै कैलालीमा घर समेत बनाइसकेका छन् ।

 

तस्बिर उनकै फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्