थप २, ४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ संक्रमितको मृत्यु

काठमाडौं, साउन ४ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।यस्तै सोही अवधिमा कोरोनाबाट थप ३२ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १२५८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ६ लाख ६८ हजार ७५१ जना पुगेको छ भने एन्टिजेन विधिबाट ४९ हजार ७४३ जना पुगेको छ ।

यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३३ हजार ३३२ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ५८२ पुगेको छ । हालसम्म संक्रमित निको हुने दर ९४.७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्