ओलीले २४ घण्टे स्पष्टीकरण मागेपछि एमालेको माधव समूह छलफलमा जुट्यो

काठमाडौं, साउन ४ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आज बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएको यो समूहका नेताहरु यति बेला छलफलमा जुटेका हुन् ।

एक नेताका अनुसार डल्लुमा नेपाल समूहको बैठक चलिरहेको छ । आइतबार माधव नेपालसहित २२ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । देउवालाई विश्वासको मत दिने सांसदहरुलाई अध्यक्ष ओलीले २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

ओलीले सोधेको स्पष्टीकरण, एकता प्रक्रिया र आगामी राजनीतिक कोर्सबारे छलफल गर्न नेताहरु जुटेका हुन् । एमालेको वैठकले अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउने र विश्वासको मत दिने कुरा अक्षम्य भएको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्