फाइजर खोप ल्याउने तयारीमा सरकार, ३५ लाख बालबालिकालाई लगाइने

काठमाडौं , साउन ४ । कोरोनाविरुद्धको खोप अभियान नेपालमा पनि चलीरहेको छ । नेपाललाई विभिन्न देशले खोप दिरहेका छन् । चीन,अमेरिका र भारत लगाएका देशले खोप दिएका हुन् ।

यसैबीच सरकारले १२ देखि १८ वर्ष उमेरका करिब ३५ लाख बालबालिकाका लागि कोभिडविरुद्धको खोप दिने तयारी थालेको छ ।

कोभ्याक्स सुविधामार्फत सरकारले बालबालिकाका लागि प्रयोग अनुमति पाएको अमेरिकन फाइजर खोप ल्याउने प्रस्ताव गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार फाइजरको ४० लाख डोज खोप खरिद गर्न कोभ्याक्स सुविधामार्फत प्रस्ताव गरिएको हो।

फाइजर खोप परीक्षणमा बालबालिकामा प्रभावकारी देखिएपछि नेपालले पनि सोही खोप ४०लाख डोज खरिद गर्न प्रस्ताव गरेको हो। स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा प्रमुख डा तारा पोखरेलले खोप अभियान चलिरहेको बेलामा बालबालिकालाई पनि खोप लगाउन तयारी गरिएको बताए। बालबालिकालाई पनि खोप लगाउन सक्दो चाँडो खोप ल्याउने प्रयास गरेको उनको भनाइ छ ।

यता कोरोनाको तेस्रो लहर आए त्यसबाट बढी बालबालिका प्रभावित हुने हुँदा सरकारले चाँडै फाइजर खोप ल्याएर लगाएर लगाउनुपर्ने विज्ञहरूले बताइरहेका छन्।

केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य मन्त्रालयका अधिकारीसँगको भेटघाटमा फाइजर खोप कसरी ल्याउन सकिन्छ भनेर जिज्ञासासमेत समेत राखेका थिए।

यसै गरि फाइजरले अमेरिकामा १२ देखि १५वर्ष उमेर समूहका दुई हजार दुई सय ६० बालबालिकामा क्लिनिकल परीक्षण गरेको थियो। परीक्षणमा फाइजर खोप बालबालिकामा प्रभावकारी देखिएपछि नेपालले पनि सोही खोप ४० लाख डोज खरिद गर्न कोभ्याक्समार्फत प्रस्ताव गरेको हो।

फाइजर खोप माइनस ७० डिग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गर्नुपर्ने बताइएको छ। पाँच दिनसम्म उपत्यकामा भएका भण्डार कक्षमा २० डिग्रीमा भण्डार गरेर पाँच दिनभित्र लगाइसक्दा पनि हुन्छ भनिएको छ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा प्रमुख डा तारा पोखरेलका अनुसार माइनस ७० डिग्री सेन्टिग्रेट तापक्रममा भन्दा बाहिर २० डिग्रीमा पाँच दिनसम्म भण्डारण गर्न मिल्ने छ। जसका कारण जतिसक्दो चाँडो खोप लाउनुपर्ने उनले बताए।

यता फाइजर खोप ल्याउने भएपछि मन्त्रालयले माइनस ७० डिग्री सेन्टिग्रेट तापक्रममा खोप भण्डार गर्न मिल्ने सुविधासम्पन्न रेफ्रिजेनेटर भ्यान खरिद गर्ने तयारी थालेको छ।

अमेरिकी खोप निर्माता फाइजरले बायो एन्टेकसँग मिलेर विकास गरेको कोभिडविरुद्ध खोप अमेरिकामा १२ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा प्रयोग गर्न अनुमति पाएको छ। खोपको नतिजा पनि सन्तोषजनक रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्