इराकको एक प्रख्यात बजारमा बम विस्फोट, कम्तीमा २८ जनाको मृत्यु, ६६ जना घाइते

काठमाडौँ, साउन ५ । इराकमा बम विस्फोट हुँदा २८ जनाको ज्यान गएको छ । इराकको राजधानी बग्दादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाकारी दिएको छ ।

बग्दादको सुबुर्ब जिल्लाको सदर सहरस्थित प्रख्यात बजारमा मुस्लिमहरूको चाड इद अल–अदाको पूर्वसन्ध्यामा भएको यस आत्मघाती हमलामा कम्तीमा २८ जनाको मृत्यु हुनुको साथै अन्य ६६ जना घाइते भएका त्यहाँको प्रहरी स्रोतले जनाएको छ।

केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने पनि प्रहरीले बताएको छ । पछिल्लो समय यहाँ यस्ता घटना प्रार्य हुँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्