रुकुममा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको घटनास्थलमै मृत्यु

काठमाडौं, साउन ५ । घाँस काट्ने क्रममा एक महिलाको लडेर मृत्यु भएको छ । रुकुम पश्चिमको आठबिसकोटमा घाँस काटनेक्रममा भिरबाट लडेर आठबिसकोट १४ बाकेगाउकि ३२ वर्षिया लक्ष्मि केसिको घटनास्थलमै मृत्यु भएको हो ।

घाँस काट्न बिहानै घर नजिकैको नहरखोला जङ्गलमा गएकि थिईन । घाँस काट्नेक्रममा भिरबाट लडेको उनका श्रीमान शेर बहादुर केसिले बताए ।

दुई घण्टापछि उनको शव स्थानीयहरुले भेटेका थिए । उक्त भिर बाट अहिलेसम्म ३ जनाको लडेर ज्यान गैसकेको छ । पहाडि जिल्ला तथा दर्गमका महिलाले यसरी अकालमै ज्यान गुमाउन परेको छ । यसरी धेरै भिरबाट लडेर ज्यान जाने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्