९ अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै, ७ अर्बको कारोबार

काठमाडौँ, साउन ५ । काठमाडौं ।आज नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज मंगलबार नौ दसमलव एक अंकले घटेर दुई हजार नौ सय ८५ दसमलव ५७ बिन्दुमा झरेकोमा सेन्सिटिभ पनि दुई दसमलव ८३ अंकले घटेर पाँच सय ५८ दसमलव १२ बिन्दुमा झरेको छ ।

दुई सय १९ वटा कम्पनीहरुको ८४ हजार चार सय ६८ पटकको कारोवारमा तीन करोड १६ लाख आठ हजार एक सय ९३ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोवार रकम सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार दुई सय ६९ रुपैयाँ पाँच पैसा पुगेको छ ।

१३ वटा समुहको कारोवार हुंदा आज कमाउने भन्दा गुमाउने समुह धेरै देखिएकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ७४ अंकले घटेर दुई हजार ६७ दसमलव ४८ बिन्दुमा झरेकोमा फाईनान्स समुहको सुचक पनि ३२ दसमलव ४३ अंकले घटेर दुई हजार चार सय ८१ दसमलव ८६ बिन्दुमा झरेको छ ।

यि बाहेक बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, लगानी, लघुबित्त, लघुबित्त र अन्य समुहरुको सुचक पनि घटेकाछन । होटल तथा पर्यटन समुहको सुचक भने ५८ दसमलव तीन अंकले बढेर तीन हजार छ सय ५४ दसमलव ९३ बिन्दुमा चढेकोमा जलबिद्युत, उत्पादनमुलक, सामुहिक लगानी कोष र ट्रेडिङ समुहहरुको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको लक्ष्मी उन्नती कोषको प्रतियुनिट सेयर मुल्य १० दसमलव चार प्रतिसतले बढेर १४ रुपैयाँ २५ पैसामा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थनमा परेको आईसीएफसी फाईनान्सको ऋणपत्रको प्रतियुनिट सेयर मुल्य छ दसमलव १७ प्रतिसतले घटेर ११ सय ८६ रुपैयाँमा प्रतियुनिट सेयर कारोवार भएको छ ।

यसैगरी आज बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको अरुण कावेली पावर लिमिटेडको प्रतिकित्ता पाँच सय ३३ रुपैयाँ अन्तिम मुल्यमा ३८ करोड ७८ लाख २० हजार नौ सय ५८ रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्