थप ३,१०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु, १, ५९५ जना संक्रमणमुक्त

काठमाडौं , साउन ५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३,१०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरमा १३ हजार १३५ नमुना परीक्षण गर्दा थप ३,१०८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोनाबाट सोही अवधिमा २५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५० हजार ६६४ जना पुगेको छ भने पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ७० हजार ९५३ पुगेको छ ।

यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमणमुक्त हुँदा ९ हजार ६०७ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्