बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा युवा संघको प्रदर्शन

काठमाडौं , साउन ५ । युवा संघ नेपालका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । बाँदरजस्तो मुकुण्डो लगाएर नयाँ वानेश्वरमा उनीहरुले प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा नेकपा एमालेका २२ सांसदले उनलाई मत दिएका थिए । त्यसको विरोधमा युवा संघले लगातार प्रदर्शन गरिरहेको छ ।

हिजो मात्रै नेता नेपालको पुत्लाा बनाएर जलाएका थिए ।  यता नेता महेश बस्नेतले पार्टी छाड्न आग्रह गरेका छन् । छाडे आफुहरुले बिदाइ गर्न समेत तयार भएको उनले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्