एमाले केन्द्रीय कमिटी बैठकमा नौ एजेन्डा प्रस्तुत

काठमाडौं, साउन ५ । नेकपा एमालेले जारी केन्द्रीय समितिमा छलफलका लागि नौ एजेन्डा प्रस्तुत गरेको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउने दशबुँदे सहमति, संसद पुनर्स्थापना गर्ने अदालतको फैसला, एमाले सरकारले गरेको काम, पार्टीको भावी कार्ययोजना, शुद्धीकरण र सुदृढीकरण लगायत एजेण्डा प्रस्तुत गरेका छन् ।

जसमा समसामयिक विषयमा पार्टी अध्यक्षको सम्बोधन, एमाले कार्यदलले यसअघि पार्टी विवाद समाधान गर्न प्रस्ताव गरेको १० बुँदे प्रस्ताव, अनुशासनहीन कार्यमा संलग्नहरूसँगको स्पष्टीकरण,१० बुँदेको कार्यान्वयनबारे जानकारी, सर्वोच्च अदालतको फैसलाबारे पार्टी दृष्टिकोण, एमाले नेतृत्वको सरकारबारे समीक्षा, पार्टीको आगामी भूमिका लगायत रहेका छन् ।

ललितपुरको च्यासलमा सोमबारबाट जारी बैठक यिनै एजेन्डामा केन्द्रित रहेर छलफल गरिरहेको छ । ओली सरकारबाट हटेपछि सोमबारदेखि केन्द्रीय कमिटी बैठक बसिरहेको छ ।

सोमबारको बैठकले पार्टीको निर्णय विपरीत प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। तर यता नेपाल पक्षले भने यसको जवाफ नदिने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्