१० लाख डोज खोप लिन आज राति चीन जाँदै निगमको जहाज

काठमाडौँ , साउन ६ । नेपाल वायुसेवा निगमको जहाज आज राति चीन जाँदैछ ।कोभिड-१९ विरुद्ध चीन सरकारले उपलब्ध गराएको खोप लिन निगम चीन जान लागेको हो  । जहाज आज साँझ बेइजिङ प्रस्थान गर्नेछ ।

१० लाख डोज खोप लिएर निगमको जहाज भोलि बिहान ६ बजे आउने कार्यतालिका रहेको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए ।

निगमको जहाजले तीन उडानमार्फत चीनबाट ३२ लाख खोप ल्याउने छ । शनिबारसम्म चीनबाट खोप ल्याउने क्रम चल्ने उनले पौडेल जानकारी दिए ।

अहिले नेपालमा कोरोना विरुद्धको खोप अभियान चलीरहेको छ । अमेरिकाले दिएको खोप अभियान अहिले चलीरहेको छ । केहिदिन अघि प्रधानमन्त्री देउवाले खोप केन्द्रको अवलोकन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्