भीम रावललाई राजीनामा फिर्ता लिन सुदूरपश्चिमका १३ सांसदको आग्रह

काठमाडौं, साउन ६ । एमाले उपाध्यक्ष भीम रावललाई संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिन आग्रह गरिएको छ ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका १३ जना प्रदेशसभा सदस्यहरूको टोलीले यस्तोृ आग्रह गरेको हो । सुदूरपश्चिम प्रदेशका सांसद र मन्त्रीको टोली उनको निवासमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेको हो । उनीहरुले राजीनामा फिर्ता लिन आग्रह गरेपनि नेता रावलले भने त्यसको जवाफ दिनु दिएका छैनन् ।

पार्टी एकताको लागि राजीनामा दिएको टोलीलाई रावलले जानकारी दिएका थिए । टोलीका सदस्यहरूले राजीनामा फिर्ता लिएरै पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए ।

रावलले आइतबार प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए। उनले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनुअघि नै राजीनामा घोषणा गरेका हुन् ।

यसअघि एमालेका अध्यक्ष केपी ओलीले पनि राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्