प्रभु बैंक र कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटलविच आर्थिक सहयोग सम्झौतामा

काठमाडौं । प्रभु बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । आज मिति २०७८/०४/०५ गतेका दिन एक समारोहका विच प्रभु बैंक लि. को बबरमहस्थित केन्द्रिय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठविच प्रभु बैंकले आर्थिक सहयोग उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

प्रभु बैंक लि. बाट उपलब्ध गराईएको आर्थिक सहयोगमा कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाई भोगिरहेका आर्थिक रुपमा विपन्न विरामीहरुको निःशुल्क उपचार गर्ने अस्पतालको योजना रहेको छ । यसबाट कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा उपचारका लागि आउने विरामीहरुले अत्याधुनिक स्वास्थ्य सामाग्रीहरुको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ । साथै, प्रभु बैंक लि. ले समाजपयोगी कार्यक्रमहरुलाई आगामी दिनहरुमा समेत निरन्तरता दिँदै जाने व्यहोरा समेत अनुरोध छ ।

 

प्रतिक्रिया दिनुहोस्