कोरानाबाट असर परेको अर्थतन्त्रलाई उकास्न सरकारले छिटै राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने

काठमाडौं, साउन ६ । सरकारले खोपसँगै कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले ल्याउने जानकारी गराएका छन् ।

नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने चुनौती रहेकोले बताउँदै अर्थमन्त्री शर्माले त्यसका लागि सरकारले आवश्यक सम्भावनाका विषयमा छलफल गरिरहेको बताए ।

उनले यसअघिका उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्नु पर्ने आवश्यकता रहेको औंल्याएका छन् । मन्त्री शर्माले स्वदेशमा उत्पादन भएका सामग्रीहरुलाई स्वदेशमा उपयोग गरेर देशको अर्थतन्त्रलाई माथि उठाउन सकिने धारणा व्यक्त गरे ।

सिएनआइले घोषणा गरेको मेक इन नेपालको खुलेर प्रशंशा गरे । रोजगार बृद्धि तथा अर्थतन्त्र सुदृढका लागि मेक इन नेपाल उपयोगी सावित हुने उनले बताए । कार्यक्रममा विनोद चौधरी, नीति आयोग भारतका प्रमुख अधिकृत अमिताभ कान्त र विभिन्न उद्योगी व्यवसायीको उपस्थिति थियो । कोरोनाले गर्दा देशको अर्थतन्त्रमा नीकै ठुलो असर परेको छ । सरकारको यो प्याकेजले केहि हद सम्म भएपनि राहात मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्