कोरोनाबाट आज थप ३० को मृत्यु, २ हजार ८३८ जनामा संक्रमण पुष्टि, निको कति भए ?

काठमाडौं, साउन ६ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर १२ हजार ६१६ जनाको नमुना परीक्षण गर्दा २ हजार ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले सो जानकारी दिएका हुन् ।

यस्तै कोरोनाबाट आज थप ३० जनाले ज्यान गुमाएका छन् । यस्तै सोही अवधिमा १ हजार ४१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर संक्रमणबाट ९ हजार ६३७ जनाको मृत्यु भइसकेको छ भने कुल संक्रमितमध्ये ६ लाख ३६ हजार ४०२ जना निको भएका छन् ।

हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ७ लाख २४ हजार ४५५ जना पुगेको छ । यता काठमाडौंमा ४९०, ललितपुरमा १२८ र भक्तपुरमा ७९ जना गरी ६९७ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

हाल देशका १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्