कांग्रेस सांसद अमरेशकुमार सिंहद्वारा राजीनामा घोषणा

काठमाडौं, साउन ६ । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। क्रियाशील सदस्यतामा व्यापक धाँधली भएको आरोप लगाउँदै उनले राजीनामा दिने घोषणा गरेका हुन्।

क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै धनुषा, सर्लाही र बाराका कांग्रेस नेता कार्यकर्ता केही दिनयता पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसिरहेका छन्। सांसद सिंह पनि नेता–कार्यकर्तासँगै अनसनमा छन्।

उनले विहिबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउन लागेको बताए। ‘म आजै बालुवाटार पुगेर राजीनामा पत्र बुझाउने छु,’ उनले भने, ‘क्रियाशीलमा भएको धाँधलीका कारण म राजीनामा दिँदैछु।’

सर्लाहीका सबै क्षेत्रमा विधिविपरीत सदस्यता बाँडिएको उनको भनाइ रहेको छ । साथै कार्यकर्ताको माग पूरा गराउन आफूले राजीनामा दिन लागेको उनले बताए । केहि दिन अघि मात्रै एमालेका नेता भिम रावलले पनि सांसद पदबाट राजीनामा दिएका छन् । उनलाई राजीनामा फिर्ता लिन अहिले दबाब बढेको छ ।

प्रतिक्रिया दिनुहोस्