काठमाडौंबाट प्रतिबन्धित पदार्थ बेचेको भन्दै चार जना रेडबुल बिक्रेता पक्राउ

काठमाडौं , साउन ६ । काठमाडौंबाट प्रतिबन्धित पदार्थ बेचेको भन्दै चार जना रेडबुल बिक्रेता पक्राउ परेका छन् ।

प्रतिबन्धित क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ रेडबुल बिक्री गरेको अभियोगमा न्युरोडको प्रणव स्टोरका रविनराज श्रेष्ठ, गोंगबुका राजु पौडेल, कपनको शक्तिमाता स्टोरका सञ्चालक धनबहादुर श्रेष्ठ र सर्लाहीका वीरेन्द्र चौधरी पक्राउ परेका हुन् ।

पौडेल र चौधरी रेडबुलको ओसारपसारमा संलग्न रहेको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए । साथै उनीहरुबाट २०२ कार्टुन रेडबुल बरामद गरिएको कोइरालाले बताए ।

पक्राउ परेकाहरुलाई थप कारबाहीका लागि भन्सार विभाग पठाइने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्