प्रधानमन्त्री देउवा र विप्लवबीच भेटवार्ताः सरकारसँगको सहमति कार्यान्वयनमा जोड

काठमाडौं, साउन ६ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीक ९नेकपा० महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सरकार र चन्द समूहबीच भएको शान्तिवार्ता र सहमति कार्यान्वयनका बारेमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

भेटमा सरकारका तर्फबाट प्रधानमन्त्री देउवाका साथमा गृहमन्त्री बालकृष्ण खाँण रहेका छन् । नेकपाका तर्फबाट भने महासचिव चन्दसहित नेताहरु खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारसँग तीन बुँदे सहमति गर्दै चन्द समूह शान्तिवार्तामा आएको थियो । सहमति कार्यान्वयन नगरिएको भन्दै असन्तुष्ट बनेका चन्द पछिल्ला केही दिनयता लगातार राजनीतिक भेटघाटमा रहेका छन्

यसअघि पनि नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधव नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलगायतसँग भेटवार्ता गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्