एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं, साउन ७ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने भएको छ।

एमाले कार्यालय सचिव शेर बहादुर तामाङले सोमबारदेखि सुरु भएको १०औं बैठक आज पनि निरन्तर जारी रहने बताए। बैठक दिउँसो ३ बजे तुलसीलाल प्रतिष्ठानमा बस्ने छ।

यसअघि बुधबारको बैठकले चारओटा विशेष प्रस्ताव पारित गरेको थियो। बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकाल्दै कानुनको अपख्याबाट सरकार बनाइएको ठहर गरेको थियो।

सर्वोच्चको फैसला संविधान र जनताको चाहना विपरीत भएको निष्कर्ष एमालेको छ। बैठकले त्यसबारे जनतामाझ जाने प्रस्ताव पारित छ।

केपी शर्मा ओली नेतृत्वको सरकारले घेरबन्दीकाबीच पनि ऐतिहासिक काम गरेको ठहर गरेको निष्कर्ष निकालेको बैठकले पछिल्लो राजनीतिक अवस्थाबाट निराश नहुन सम्पूर्ण कार्यकर्ता तथा सुभचिन्तकलाई आग्रह गरेको छ।

बैठकले आफूहरू फेरि पुरानै ठाउँमा ‘कम्ब्याक’ हुने निष्कर्ष निकालेको छ। बैठकमा एमाले एकताको विषयमा गम्भीर छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्