कांग्रेसले अब पार्टीका बैठक बालुवाटारमा नगर्ने, भोलिको बैठक बूढानीलकण्ठमा

काठमाडौं, साउन ७ । नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार विहान ९ बजे बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

देउवाका स्वकीय सचिव भानु देउवाले १४औँ महाधिवेशनको सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको बताए । यसअघि साउन १ र २ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बसेको थियो ।

बालुवाटारमा पार्टी बैठक राखेर निवर्तमान प्रधानमन्त्री केपी ओलीको गलत अभ्यासलाई निरन्तरता दिएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भएको थियो ।

सामाजिक सञ्चालनमा चर्को आलोचना भएपछि काँग्रेस नेताहरूले नै बैठक नराख्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए । सामाजिक सञ्चालनको विरोध र नेताहरू सुझाव पछि देउवा बालुवाटारमा पार्टी बैठक नराख्ने निर्णय पुगेको बुझिएको छ ।

यता अबदेखि बालुवाटारमा बैठक नराख्ने निर्णय भएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्