खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक आजबाट सुरु हुँदै

काठमाडौँ , साउन ८ । टोक्यो ओलम्पिक आजबाट सुरु हुँदैछ । कोरोना महामारीले करिब दुई वर्षको अनिश्चिततापछि टोक्यो ओलम्पिक आजबाट सुरु हुन लागेको हो । ओलम्पिक खेलकुद जुलाई २३ मा औपचारिक रुपमा सुरु भई अगष्ट ८ मा सम्पन्न हुनेछ । विश्व खेलकुदको कुम्भमेला ३२ औँ गृष्मकालीन ओलम्पिक खेलकुद आजबाट जापानमा शुरु हुन लागेको हो ।

राजधानी टोकियोमा आयोजना हुने एक विशेष कार्यक्रमका बीच ‘टोकियो ओलम्पिक’ औपचारिक रुपमा शुरु हुनेछ । केही खेलको प्रतिस्पर्धा भने बुधबारबाट शुरु भईसकेको छ ।

ओलम्पिक स्टेडियममा हुने उद्घाटन समारोह नेपाली समय अनुसार अपरान्ह ४स्४५ बजे शुरु हुनेछ। उद्घाटन समारोहमा खेलाडीको मार्च पाससहित विभिन्न कार्यक्रमहरू हुनेछ।

टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरू जापान पुगिसकेका छन् । नेपालबाट खेलाडीसहित २३ सदस्सीय टोली टोकियो पुगिसकेका छन् ।

टोकियो ओलम्पिकको उद्घाटन सत्रको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह ९एलेक्स०ले बोक्ने छन्। नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० सदस्य सचिव रमेशकुमार सिलवाल छन् ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ खेलाडीले चुनौती पेश गर्नेछन् । सबै खेलाडी युनिभर्सियालियाटी कोटा र वाइल्ड कार्डमार्फत टोकियो पुगेका हुन् ।

आगामी अगस्ट ८ सम्म संचालन हुने टोकियो ओलम्पिकमा पौडीबाट गौरिका र एलेक्जेन्डरसँगै एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले नेपालको प्रतिनिधित्व गर्ने छन् ।

पौडीका दुई र एथलेटिक्सका एक खेलाडीले युनिभर्सियालियाटी कोटा अन्तर्गत ओलम्पिक खेल्न लागेका हुन् । बाँकी दुई खेलाडीले भने वाइल्ड कार्ड पाएका हुन् ।

गौरिकाले महिला १०० सय फ्रि स्टाइल र एलेक्जेन्डरले पुरुष १०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । कल्पनाले महिला १० मिटर एयर राइफल, सानियाले महिला ४८ केजी तौल समूह तथा सरस्वतीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको प्रतिनिधित्व

सन् १९६४ मा पहिलो पटक टोक्योबाट ओलम्पिक यात्रा सुरु गरेको नेपालले ५७ वर्षपछि पुनः टोक्यो पुगेको छ । टोक्यो ओलम्पिक २०२० मा नेपालबाट पाँच जना खेलाडीले पाँच बिधामा स्पर्धा गर्दैछन् । गौरिका सिंह पौडी, कल्पना परियार शूटिङग, सरस्वती चौधरी एथलेटिक्स, एलेक्स शाह पौडी र सोनिया भट्ट जुडोमा स्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्