यी भू-भागमा छ भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ , साउन १० । अहिले प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकोले बदली भइरहेको हो ।

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नं १ र गण्डकी प्रदेशका १२ स्थानमा भारी वर्षाको सम्भावना छ ।

राती बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका १२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षा हुने क्षेत्रमा भूक्षय, पहिरो तथा नदीनालामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्