राष्ट्रिय फुटबल टिमका मुख्य प्रक्षकशिद्वारा राजीनामा घोषणा

काठमाडौं , साउन १० । रााष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेका हुन् । उनले फेसबुकमा आइतबार स्टाटस लेख्दै राजीनामा दिन लागेको जानकारी गराएका छन् ।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले अवरोध गरेको भन्दै राजीनामा दिन लागेको पनि बताएका छन्।

उनले लेखेका छन्, ‘नेपाली समर्थकहरू, म एन्फाबाट राजीनामा दिँदैछु। मैले एन्फाका वरिष्ठ उपाध्यक्षका कारण राजीनामा दिन लागेको हुँ। पछिल्लो तीन हप्तामा उनले मप्रति धेरै नाटक गरिरहेका छन्।’

प्रतिक्रिया दिनुहोस्