कोरोनाबाट थप आज १८ को मृत्यु, २ हजार २ सय ३७ जनामा संक्रमण पुष्टि

काठमाडौं, साउन १० । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार २ यस ३७ जनामा कारोनाभाइरस संक्रमण पुष्टि भएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ८० हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेनबाट ५४ हजार २४३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सोही अवधिमा कोरोनाबाट १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा २०५० जना संक्रमणमुक्त भएका छन् ।यस्तै हालसम्म ६ लाख ४३ हजार ६१५ जना संक्रमणमुक्त भएका छन् भने कुल मृतकको संख्या ९ हजार ७१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ८३४ जनामा कोरोना परीक्षण भएको थियो । पछिल्लो समय कोरोना बढिरहेको छ । निषेज्ञा खुकुलो भएपछि संक्रमण फेरि बढ्न थालेको हो । यता आज मात्रै काठमाडौं उपत्यकामा जारी निषेज्ञा १० दिन थप गरिएको छ । केहि कडाइका साथ थप गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्