हिजो उच्च बिन्दुले बढेको नेप्सेमा आज आठ दसमलव २४ अंकको गिरावट

काठमाडौ , साउन ११ । नेप्से घटेको छ । अघिल्लो दिन उच्च बिन्दुले बढेको नेप्से आज सोमबार भने आठ दसमलव २४ अंकले घटेर तीन हजार ५० दसमलव ४२ बिन्दुमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दसमलव ९३ अंकले घटेर पाँच सय ७१ दसमलव १० बिन्दुमा झरेको छ ।

दुई सय २३ वटा कम्पनीहरुको एक लाख ३७ हजार दुई सय ४२ पटकको कारोवारमा तीन करोड ७० लाख ६१ हजार चार सय ४७ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणामा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार चार सय ३१ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा पाँच वटा समुहले गुमाएकाछन भने आठ वटा समुहले कमाएकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४३ दसमलव पाँच अंकले घटेर दुई हजार एक सय ३१ दसमलव ६८ बिन्दुमा झरेकोमा बिकास बैंक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन । जलबिद्युत समुहको सुचक भने एक सय दुई दसमलव ६५ अंकले बढेर तीन हजार एक सय ७१ दसमलव १५ बिन्दुमा चढेकोमा फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादमुलक र लघुबित्त समुहहरुको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको घलेम्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर चार सय ६३ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको एनआईसी एशिया बैंक ऋणपत्रको प्रतियुनिट सेयर मुल्य सात दसमलव २२ प्रतिसतले घटेर एक हजार ८६ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी आज बढी कारोवार रकमका आधारमा पहिलो स्थानमा परेको ङादी ग्रुप पावर लिमिटेडको प्रतिकित्ता आठ सय ३९ रुपैयाँ ८० पैसा अन्तिम मुल्यमा ३९ करोड ३० लाख ३७ हजार आठ सय ३२ रुपैयाँको कारोवार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्