शाहिद अफ्रिदीले काठमाडौं किङ्सबाट ईपीएल क्रिकेट खेल्ने

काठमाडौँ, साउन ११ । पूर्व पाकिस्तानकी कप्तान शाहिद अफ्रिदी चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वेन्टी क्रिकेट प्रतियोगिता खेल्न आउने भएका छन् ।

४४ वर्षीय अफ्रिदीलाई काठमाडौं किङ्स(११ ले चौंथो संस्करणको ईपीएलका लागि अनुबन्ध गरेको हो। चौथो संस्करणको ईपीएल क्रिकेट यही असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिभुवन विश्वविसद्यालय क्रिकेट मैदानमा हुने तयर भएको छ।

काठमाडौं किङ्स-११ ले सोमबार एक कार्यक्रम गरेर अफ्रिदी आफ्नो टोलीबाट ईपीएल खेल्न आउने बताएको छ। ईपिएल प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिएका छन्।

यो प्रतियोगितमा देशका ६ शहरबाट फ्रेन्चाइज टिम सहभागी हुने छन्। प्रतियोगिताको साविक विजेता ललितपुर प्याट्रियाट हो। प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स छन्।

अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म क्रिकेट खेलेका थिए । आफ्नो खेल करिअरमा उनले पाकिस्तानका लागि २७ टेस्टबाट १७ सय १६ रन र ४८ विकेट झारेका थिए।

उनले ३ सय ९८ एक दिवसीयबाट ८ हजार ६४ रन बनाए। त्यस्तै उनले ३ सय ९५ विकेट र टी(ट्वेन्टीमा ९९ खेल खेलेर १४ सय १६ रन बनाए। त्यस्तै उनले ९८ विकेट झारेका थिए। काठमाडौंमै नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनुबन्ध भइसकेका छन्।

 

प्रतिक्रिया दिनुहोस्