ह्वात्तै बढ्यो कोरोना : आज एकैदिन ३ हजार ४ सय २१ जनामा संक्रमण पुष्टि , २५ जनाको मुत्यु

काठमाडौं, साउन ११ । आज कोरोना संमित बढेका छन् । पछिल्लो २४ घण्टामा संक्रमितको संख्या ह्वात्तै बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३ हजार ४सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो तुलनामा ११८४ जना धेरै संक्रमित संख्या हो ।

अघिल्लो दिन अर्थात आइतबार देशभर २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अघिल्लो दिन परीक्षण भने केही अर्थात देशभर १३ हजार ८३४ जनाको स्वाब परीक्षण भएको थियो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने २५ जनाले ज्यान गुमाएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ८२ हजार ९४७ जना पुगेको छ भने एन्टिजेनबाट ५५ हजार ९७१ पुगेको छ । यस्तै संक्रमितमध्ये ६ लाख ४५ हजार ३०१ जना निको भएका छन् ।

यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ७३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्