फिल्मको सुटिङमा घाइते भए नायक विराज भट्ट

काठमाडौं, साउन १२ । नेपाली फिल्मका एक समयका चर्चित अभिनेता विराज भट्ट सुटिङको क्रममा घाइते भएका छन् । भोजपुरी फिल्म ‘आक्रोस’ को छायांकनको क्रममा आफु घाइते भएको विराज आफैले सामाजिक संजाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

भारत सरकारले फिल्म सुटिङको अनुमति दिएसँगै भारतमा फिल्म छायाँकन हुने क्रम जारी छ। यसैबिच विराज पनि भोजपुरी फिल्म ‘आक्रोश’  को छायाँकन गर्न एकसाता अघि भारतको लखनउ पुगेका थिए।

भोजपुरी फिल्म ‘आक्रोस’ मा एक्सन सिनमा काम गर्दा उनको बायाँ खुट्टाको घुँडामा चोट लागेको हो। विराजले सुटिङमा घाइते भएपछि हाल आराम गरिरहेको बताएका छन्।

घुँडा भित्र रगत जमेकाले चिकित्सकले उनलाई केही साता आराम गर्न सल्लाह दिएका छन्। विराज घाइते भएसँगै अहिले फिल्मको छायांकन समेत रोकिएको छ।

सन्दीप सिंहले निर्देशन गरिरहेको उक्त फिल्ममा प्राची सिंह, सञ्जय पाण्डेय, मनोज टाइगर लगायतको अभिनय छ।

प्रतिक्रिया दिनुहोस्