आज २९ अङ्कले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं , साउन १२ । साताको तेस्रो कारोवार दिन आज मंगलबार नेप्से उच्च अंकले बढेको छ ।

नेप्से आज २९ दसमलव २४ अंकले बढेर तीन हजार ७९ दसमलव ६७ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि तीन दसमलव १९ अंकले बढेर पाँच सय ७४ दसमलव ३० बिन्दुमा चढेको छ ।

दुई सय २५ वटा कम्पनीहरुको एक लाख ४१ हजार छ सय २५ पटकको कारोवारमा तीन करोड २३ लाख ५५ हजार दुई सय ६० कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल सेयर कारोवार रकम १५ अर्ब १७ करोड छ लाख ५१ हजार छ सय ४३ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार भएकोमा नौ वटा समुहले कमाएकाछन् भने चार वटा समुहले गुमाएकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दसमलव ६३ अंकले घटेर दुई हजार एक सय २८ दसमलव ३४ बिन्दुमा झरेकोमा लघुबित्त, ट्रेडिङ र होटल तथा पर्यटन समुहको सुचक पनि घटेकाछन् ।

बिकास बैंक समुहको सुचक भने ३५ दसमलव ५७ अंकले बढेर चार हजार सात सय ८९ दसमलव ५५ बिन्दुमा चढेकोमा जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानम परेको घलेम्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर तीन सय ७२ रुपैयाँ ९० पैसामा प्रतिकित्ता सेयर कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको सर्पोट लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य भने पाँच दसमलव ४२ प्रतिसतले घटेर दुई हजार सात सय ३८ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी आज रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको एनआईसी एशिया बैंकको प्रतिकित्ता एक हजार ५६ रुपैयाँ अन्तिम मुल्यमा ४९ करोड चार लाख ३४ हजार २० रुपैयाँको सेयर कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्