१५ अकंले बढ्यो नेप्से , कारोबार रकम १३ अर्बमाथि

काठमाडौं, साउन १३ । नेप्से दोहोरो अंकले बढेको छ । आज बुधबार नेप्से १५ दसमलव तीन अंकले बढेर तीन हजार ९४ दसमलव ९४ बिन्दुमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव शुन्य दुई अंकले बढेर पाँच सय ७४ दसमलव ३२ बिन्दुमा चढेको छ ।

दुई सय १९ वटा कम्पनीहरुको एक लाख २८ हजार सात सय ८० पटकको कारोवारमा दुई करोड ८१ लाख ७० हजार एक सय ७२ कित्ता सेयर खरिद किनबेच हुंदा कुल कारोवार रकम १३ अर्ब २९ करोड १९ लाख ५४ हजार पाँच सय ३५ रुपैयाँ पुगेको छ ।

आज १३ वटा समुहको कारोवार हुंदा चार वटा समुहको सुचक घटेर नौ वटा समुहको सुचक बढेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १८ दसमलव ४५ अंकले घटेर दुई हजार एक सय नौ दसमलव ९० बिन्दुमा चढेकोमा जलबिद्युत, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहरुको सुचक पनि घटेकाछन् ।

बिकास बैंक समुहको सुचक भने आज ४८ दसमलव ३६ अंकले बढेर चार हजार आठ सय ३७ दसमलव ९२ बिन्दुमा चढेकोमा फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, अन्य, लघुबित्त र लगानी समुहरुको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर आठ सय तीन रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा परेको पञ्चकन्यामाई हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य भने पाँच दसमलव सात प्रतिसतले घटेर तीन सय ५६ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी आज रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको युनाईटेड मोदी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता चार सय ८६ रुपैयाँ ५० पैसा अन्तिम मुल्यमा ३८ करोड ५३ लाख ६९ हजार सात सय ५० रुपैयाँको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्