उपत्यकामा भोलिदेखि भेरोसेल खोप लगाइँदै

काठमाडौं, साउन १३ । भोलिदेखि उपत्यकामा भेरोसेल खोप लगाइने भएको छ । काठमाडौं उपत्यकामा ५५ वर्षभन्दा माथिका नागरिकलाई बिहीबारदेखि कोभिडविरुद्धको भरोसेल खोप दिने तयारी गरिएको हो ।

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमका अनुसार ५५ वर्षमाथिका नागरिकलाई भरोसेल खोप दिने तयारी भएको हो।

बिहीबार र शुक्रबार उपत्यकामा खोप अभियान सञ्चालन गर्न तीनवटै जिल्लालाई तयारी रहन अनुरोध गरिएको उनले बताए। सरकारले यसअघि पनि ५५ वर्षभन्दा माथिलाई खोप दिएको थियो। तर, सबै मानिसले खोप पाउन सकेका छैनन्।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार काठमाडौंमा खोप कार्यक्रम सञ्चालन गर्न विभागसँग तीन लाखभन्दा बढी खोप मागिएको छ।

प्रतिक्रिया दिनुहोस्