टोकियो ओलपम्पिकमा गौरिका सिंहले आफ्नै राष्ट्रिय कीर्तिमान तोडिन

काठमाडौं, साउन १३। टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले नेपाली राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनले बुधबार १०० मिटर फ्रि स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।

बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइकलो पहिलो हिटमा गौरिकाले निर्धारित दूरी १ः ००ः ११ मा पूरा गरिन्। उनले २०१९ मा बनाएको आफ्नै राष्ट्रिय कीर्तिमान तोडेकी हुन्। हिट १ मा गौरिकाले नाइजेरिया, मोन्टेनेग्रो र ग्वामका खेलाडीसँग प्रतिस्पर्धा गरेकी थिइन्। उनी पहिलो हिटमा तेस्रो स्थान रहेकी छन्।

२०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कीर्तिमानी चार स्वर्ण पदकसँगै २ रजत र ३ कांस्य जितेकी गौरिकाले रियो ओलम्पिक २०१६ मा पनि नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

लगातार दोस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी गौरिकाले अर्का पौडी खेलाडी एलेक्ससंगै टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा बोकेका थिए ।२०१६ को रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् ।

टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका ५ खेलाडीले सहभागिता जनाएका थिए । जसमध्ये चार खेलाडीको प्रतिस्पर्धा सकिएको छ । अब एथ्लेटिक्सकी सरस्वती चौधरीले शुक्रबार महिला १०० मिटरमा प्रतिस्पर्धा गर्नेछिन् ।

 

प्रतिक्रिया दिनुहोस्