कांग्रेस शीर्ष नेताको बैठक : क्रियाशील सदस्यता विवाद टुंग्याउन छानबिन समितिलाई २४ घन्टा समय

काठमाडौं, साउन १३ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद टुंग्याउन २४ घन्टाको समय दिएको छ।

क्रियाशील सदस्यता छानबिन समितिलाई बाँकी विवाद टुंग्याउन २४ घन्टाको समय दिएको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले नयाँ पत्रिकालाई जानकारी दिए।

बैठकमा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलासहित पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू सहभागी थिए। छानबिन समितिले सर्वसम्मत बुझाउनुपर्ने प्रतिवेदनमा केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले असहमति जनाएका थिए।

तर, कांग्रेसले समितिका सबै सदस्यले सर्वसम्मत रूपमा विवादको समाधान गर्ने मापदण्ड बनाएको थियो। गुरुङको असहमतिबीच समितिले बुझाएको प्रतिवेदन स्वीकृत हुने वा नहुने भन्ने पनि विवाद रहेको थियो।

प्रतिक्रिया दिनुहोस्