१५ अंकले घट्यो आज नेप्से

काठमाडौं, साउन १४ । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन १५ अंकले बढेको नेप्से साताको अन्तिम कारोवार दिन आज बिहिबार भने १५ दसमलव ११ अंकले घटेर तीन हजार ७९ दसमलव ८३ बिन्दुमा पुगेको छ भने सेन्सिटिभ पनि तीन दसमलव ४७ अंकले घटेर पाँच सय ७० दसमलव ८५ बिन्दुमा पुगेको छ ।

आज दुई सय १७ वटा कम्पनीहरुको एक लाख छ हजार छ सय ८२ पटकको कारोवारमा दुई करोड ६० लाख ४० हजार २३ कित्ता सेयर किनबेच भएकाछन् । उक्त परिमाणमा सेयर किनबेच हुंदा कुल कारोवार रकम १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा होटल तथा पर्यटन र बिकास बैंक समुहले कमाएकाछन् भने बाँकी ११ वटा समुहले गुमाएकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दसमलव ४४ अंकले घटेर दुई हजार ९९ दसमलव ५८ बिन्दुमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ६९ दसमलव ५७ अंकले घटेर १४ हजार नौ सय ९४ दसमलव एक बिन्दुमा झरेको छ ।

यि बाहेक जलबिद्युत, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको रिडी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९५ प्रतिसतले बढेर सात सय २९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा परेको गुडविल फाईनान्सको प्रतिकित्ता सेयर मुल्य सात दसमलव २१ प्रतिसतले घटेर सात सय ९८ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी आज रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको गुडविल फाईनान्सको प्रतिकित्ता सात सय ९८ रुपैयाँ अन्तिम मुल्यमा ३३ करोड २७ लाख ९५ हजार चार सय ९३ रुपैयाँ ७० पैसाको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्