थप ३,३६५ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु, निको कति भए ?

काठमाडौं, साउन १४ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ जनाको नमुना परीक्षण गर्दा ३३६५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।यस्तै सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १३७३ जना संक्रमणमुक्त भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९० हजार ६४२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ५९ हजार ३८० जना पुगेको छ ।

यस्तै हालसम्म देशभर संक्रमितमध्ये ६ लाख ५० हजार ४४५ जना निको भएका छन् भने मृतकको कुल संख्या ९ हजार ८०७ पुगेको छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना बढिरहेको छ ।

यता काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ८६० जना संक्रमित थपिएका छन् भने काठमाडौँ जिल्लामा सबै भन्दा बढी ५९७ जना संक्रमित थपिएका छन् । त्यस्तै भक्तपुरमा १०८ र ललितपुरमा १५५ संक्रमित थपिएका छन् ।

त्यस्तै काठमाडौँ उपत्यकामा अहिले ८ हजार ४४१ जना सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ५ हजार ९३८, भक्तपुर जिल्लामा ११०९ र ललितपुर जिल्लामा १३९४ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्