नेप्से तीन हजार ७९ दसमलव ८३ अंकमा,सातामा ६७ अर्ब ७४ करोड ६ लाखको कारोबार

काठमाडौ, साउन १५ । यो साता नेप्से तीन हजार ७९ दसमलव ८३ अंकमा पुगेको छ । यसै गरी सेन्सिटिभ इन्डेक्स पनि पाँच सय ७० दसमलव ८५ अंकमा पुगेको छ ।

यो साता दुई सय २५ वटा कम्पनीहरुको छ लाख ६३ हजार छ सय ९६ पटकको कारोवारमा १६ करोड ७५ लाख ६६ हजार एक सय १४ कित्ता सेयर किनबेच हुदा कुल कारोवार रकम ६७ अर्ब ७४ करोड छ लाख ३९ हजार एक सय पैतालीस पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा २५ अर्ब रुपैयाँले बढी हो ।

गत साता भने नेप्सेमा दुई सय २२ वटा कम्पनीहरुको चार लाख २३ हजार तीन सय ३१ पटकको कारोवारमा १५ करोड ४० लाख छ हजार सात सय दुई कित्ता सेयर किनबेच हुदा कुल कारोवार रकम ४२ अर्ब ४६ करोड ३५ लाख ९६ हजार नौ सय पचासी पुगेको थियो । नेप्से यो साता पाँच दिन नै खुुल्ला रहेकोमा दोस्रो र पाँचौं दिन घटेको थियो भने बाँकी दिनहरुमा नेप्से उच्च अंकले बढेको थियो ।

सो मध्ये पहिलो दिन नेप्से ५४ दसमलव ३१ अंकले बढेर तीन हजार ५८ दसमलव ६३ अंकमा पुग्दा सेन्सिटिभ पनि ११ दसमलव ७४ अंकले बढेर पाँच सय ७४ दसमलव दुई अंकमा पुगेको थियो । दोस्रो दिन भने नेप्से आठ दसमलव २४ अंकले घटेर तीन हजार ५० दसमलव ४२ अंकमा झर्दा सेन्सिटिभ पनि दुई दसमलव ९३ अंकले घटेर पाँच सय ७१ दसमलव १० अंकमा झरेको थियो ।

तेस्रो दिन भने नेप्से २९ दसमलव २४ अंकले बढेर तीन हजार ७९ दसमलव ६७ अंकमा पुगेकोमा सेन्सिटिभ पनि तीन दसमलव १९ अंकले बढेर पाँच सय ७४ दसमलव ३० अंकमा पुगेको थियो । चौथो दिन पनि नेप्से १५ दसमलव तीन अंकले बढेर तीन हजार ९४ दसमलव ९४ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दसमलव शुन्य दुुई अंकले बढेर पाँच सय ७४ दसमलव ३२ अंकमा पुगेको थियो ।

पाँचौं दिन भने नेप्से १५ दसमलव ११ अंकले घटेर तीन हजार चार ७९ दसमलव ८३ अंकमा झरेकोमा सेन्सिटिभ पनि तीन दसमलव ४७ अंकले घटेर पाँच सय ७० दसमलव ८५ अंकमा झरेको थियो ।

नेप्सेमा यो साता बढी रकम कारोवार गर्ने कम्पनीह्रुको सुचीमा नेशनल हाईड्रो पावर कम्पनी, नेपाल पुर्नबीमा कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेकाछन भने सेयर कारोवार भएको संख्याको आधारमा नेशनल हाईड्रो पावर कम्पनी हिमाल दोलखा हाईड्रो पावर कम्पनी, अरुण कावेली पावर लिमिटेड आदि परेका छन् ।

बजार पुंजीकरणका आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल पुर्नबीमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् । सेयर सुचीकरणतर्फ भने यो साता आईएमई जनरल इन्स्योरेन्स कम्पनी, सेन्ट्रल फाईनान्स, नेपाल हाईड्रो डेभलपर लिमिटेड र जीवन बिकास लघुबित्त बित्तीय संस्था सहितका चार वटा कम्पनीहरुको बोनस तथा साधारण सेयर सुचीकृत भएका छन्।

प्रतिक्रिया दिनुहोस्