एमाले स्थायी कमिटि बैठक बस्दै, बैठकका तीनबटा एजेण्डा

काठमाडौं , साउन १६ । नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थायी कमिटि बैठक बसदै छ । बैठक दिउँसो ३ बजे बस्ने छ । पार्टी मुख्य सचिव शेरवहादुर तामाङका अनुसार बैठक तुलसीलाल स्मृति भवन च्यासलमा बस्नेछ ।

आजको बैठकले पार्टीको केन्द्रीय विभागहरुलाई पूर्णता दिने तयारी गरेको छ । तामाङका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीको विषयमा पनि छलफल हुनेछ ।

यसअघि नै विधान महाधिवेशन गर्ने पार्टीले निर्णय गरिसकेको छ । यस्तै बैठकमा पार्टी सदस्यता र नविकरणको तथा वितरणको विषयमा पनि छलफल गर्ने बताइएको छ । मुख्यतः तीनबटा बैठकका एजेण्डा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्