नबिल बैंक र डीभी एक्सिलसबीच किसानलाई कृषि कर्जा प्रदान गर्ने सम्झौता

काठमाडौं , साउन १७ । नबिल बैंक र डीभी एक्सिलसबीच खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानलाई कृषि कर्जा प्रदान गर्ने विषयमा सहकार्य भएको छ । कृषि साधन, रसायन, मेसिनरी तथा अन्य आवश्यकता खरिद गर्न किसानलाई सहज वित्तीय पहुँच प्रदान गर्न सहमति बैंकसँग भएको हो ।

यस रणनीतिक साझेदारीअन्तर्गत किसानहरुलाई गुणात्मक बिउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहु‘च प्रदान बैंकले गर्ने जनाएको छ ।

उक्त सम्झौतापत्रमा प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले हस्ताक्षर गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत शाहले बैंकले सदैव दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको भन्दै कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

यस साझेदारीसँगै बैंकले कृषि क्षेत्रमा प्राविधिक ज्ञानको साथ व्यवसाय विकास कार्यक्रमको मिश्रण गरी कृषकलाई गुणात्मक कृषि सरसाधानको सहज उपलब्धता र सहज वित्तीय पहुँचमार्फत परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नवीन सुरुवात गरेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्