सोमबार मात्रै माओवादीले थप मन्त्रीको टुंगो लगाउने

काठमाडौं, साउन १७ । सत्ता साझेदार नेकपा माओवादी केन्द्र सरकारमा जाने थप मन्त्रीहरुको टुंगो सोमबार मात्रै लगाउने भएको छ।

अहिलेसम्म माओवादीले पाउने मन्त्रालय टुंगो नलागेकोले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्त्री शेरबहादुर देउवासँग निर्णायक छलफल गरेर मन्त्रालयको संख्या यकिन गरेपछि मन्त्रीहरुको टुंगो लगाइने भएको हो।

आइतवार बसेको स्थायी समितिको बैठकले त्यस्तो निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच अहिले त्यसबारेमा छलफल हुँदैछ।

आजै प्रचण्डले नेकपा एमालेका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेर सरकारमा सहभागिताबारे जिज्ञासा राखेका थिए।

 

प्रतिक्रिया दिनुहोस्