अर्थ सचिवमा मधुकुमार मरासिनी नियुक्त

काठमाडौं , ,साउन १७ । सरकारले अर्थ सचिवमा मुधकुमार मरासिनीलाई नियुक्त गरेको छ ।

गएको विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थ सचिवको जिम्मेवारी दिएको हो । अर्थ सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ ।

अर्थमन्त्री जनार्दन शर्माका प्रेस सल्लाहकार गोविन्द रोकाका अनुसार गएको मन्त्रिपरिषद् बैठकले मरासिनीलाई अर्थ सचिवमा नियुक्त गरेको हो । यसअघि, मरासिनी महालेखा नियन्त्रक थिए ।

प्रतिक्रिया दिनुहोस्