दार्चुला घटनाबारे माओवादी केन्द्रको आपत्ति, दोषीलाई कडा कारबाही गर्न माग

काठमाडौं , साउन १७ । नेकपा माओवादी केन्द्रले दार्चुला घटनाको छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ।

आज बसेको स्थायी समिति बैठकले दार्चुलामा एसएसबीले तुइनको लठ्ठा काट्दा एकजना बेपत्ता भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीमाथि कारबाही गर्न माग गरेको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले बताए।घटनाबारे भारतसँग कूटनीतिक तवरबाट कुरा गर्नसमेत माओवादीले आग्रह गरेको छ।

यो घटनाको अहिले जताततै विरोध भइरहेको छ । भारतीय एसएसबीलाई कडा कारवाही गर्न अहिले आमजनसमुदायबाट आवाज उठेको छ । दार्चुलाबासीले कारवाहीको माग गर्दै भारतीय प्रहरीमा समेत निवेदन दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्